तेक्वान्दो खेलाडीको बिदाई

Gandaki Pardesh notice

बेनी, । काठमाडौमा चैत १७ गते शुक्रबारदेखि शुरु हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिहिबार म्याग्दीबाट बिदाई गरिएको छ ।

Bhautik ministry notice about road

जिल्ला खेलकुद विकास समितिको सभाहलमा तेक्वान्दो संघ म्याग्दीले चार जना खेलाडीहरुलाई बिदाई गरेको हो । चैत १८ र १८ गते काठमाडौमा सञ्चालन हुने प्रतियोगितामा कृपेश शर्मा, कनक प्रधान, इशा गर्वुजा र दिपेश पुर्जाले भाग लिने प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

उनिहरु गण्डकी प्रदेशको तर्फबाट सहभागि हुनेछन् । खेलाडीहरुलाई तेक्वान्दो संघ म्याग्दीका सचिव लक्ष्मण शर्मा, कार्यसमिति सदस्यहरु कुमारी गर्बुजा, विनोद प्रधान र सन्तोष गौतमले शुभकामना सहित बिदाई गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...