एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

Gandaki Ghumau

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ ।

जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । थकाली अधिवेशन अघि एमालेको जिल्ला संयोजक हुनुहुन्थ्यो ।

Gunasthariya Shiksya

उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा बिनोद बिसी, सहसचिवमा छिरिङ ल्यामो गुरुङ र सहसचिवमा छेवाङ गुरुङ चयन हुनुभएको एमाले मुस्ताङले जनाएको छ । नवनिर्वाचित जिल्ला कमिटीका पदाधीकारीको पहिलो बैठकले आसन्न स्थानीय तहको चुनावमा एमालेका उमेद्वारलाई जिताउन तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।

Shreekrishna

एमालेका केन्द्रिय सदस्य श्रीमाया थकालीले उद्घाटन गर्नुभएको अधिवेशनमा प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचन, केन्द्रिय सदस्य चन्द्रमोहन गौचन, प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्ट, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मीला गुरुङ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...