धाइरीङमा माओवादीको चुनावी अभियान तिब्र

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रले पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर अभियानलाई तिब्रता दिएको छ ।

आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण र परिचालनसँगै स्वतन्त्र मतदातालाई भेटघाट एवम् अन्य पार्टीका नेता कार्यकर्तालाई प्रवेश गराउन अभियानलाई आक्रामक बनाएको हो । यसैक्रममा बुधबार पुर्व निर्वाचित वडा सदस्य लालबहादुर थापाले एमालेसँगको ३० वर्षे यात्रा सम्बध तोडेर माओवादी प्रवेश गर्नुभएको छ ।

Gunasthariya Shiksya

विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरेका थापाको नेतृत्वमा गम वहादुर थापा, तिलिसरा थापा, वलवहादुर पुन, तिलिसरा पुन, ज्ञान वहादुर थापा, प्रेम पुन, दधमाया पुन लगायत माओवादी प्रवेश गर्नुभएका माओवादीका जलजला गाउँपालिका अध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।

Shreekrishna

यसअघि मंगलबार काँग्रेसका जलजला गाउँपालिका सदस्य थमबहादुर थापाको नेतृत्वमा गंगाराम पुन, एकेन्द्र थापा, रेशम बुढा, प्रेम वुढा, डिलवहादुर थापा, कृष्ण वहादुर वुढाथोकी लगायतको टोली माओवादीमा प्रवेश गर्नुभएको थियो ।

प्रवेश गरेकाहरुलाई माओवादीका गाउँपालिका अध्यक्ष आचार्य, जिल्ला सदस्य तथा वडा अध्यक्ष ढुङ्गनाथ शर्मा, वडा कमिटि अध्यक्ष हरि आचार्यको टोलीले स्वागत गर्नुभएको थियो । आकाशले सच्चा देशभक्त र परिवर्तन चाहनेहरु माओवादी केन्द्रमा प्रवेश गर्नुको विकल्प नरहेको माओवादी नेता आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...