युवा संघ जलजलामा दिलिप

Gandaki Ghumau

बेनी, । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँपालिकाको आइतबार पर्वत बेनीमा भएको प्रथम अधिवेशनले दिलिपकुमार बरुवालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ ।

उपाध्यक्षमा कृष्ण पौडेल, सचिव विक्रम सुवेदी, सहसचिव मिजास फकामी, कृष्ण पौडेल र कोषाध्यक्षमा डेगबहादुर जिसी चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

Gunasthariya Shiksya

एमाले जलजलाका अध्यक्ष लालबहादुर अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै निर्वाचनमा एमालेलाई जलजलामा जिताउन युवाहरु अग्रमोर्चामा रहेर लाग्न अनुरोध गर्नुभयो । अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले गर्नुभएको थियो ।

Shreekrishna

अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्य तथा पर्वत सह इन्चार्ज सांसद पदम गिरी,जिल्ला अध्यक्ष राजुप्रसाद पौडेल,उपाध्यक्ष पदमपाणी शर्मा, युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, नेकपा एमाले गण्डकी प्रदेश सदस्य नरबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गर्नुृभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...