बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

Gandaki Ghumau

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ ।

नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा फरक–फरक तीन समूहमा मजदुर र उपकरण परिचालन गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत विकास परियोजना, पोखराले गत माघ तेस्रो सातादेखि बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्ध शुरु गरेको थियो ।

Shreekrishna

परियोजना प्रमुख विदुरमान श्रेष्ठले शुरु भएको काम बर्खा नलाग्दै सक्ने गरी रातमा समेत नदी किनारमा पर्खाल निर्माणको काम गरिएको जानकारी दिनुभयो । “वजेटको स्रोत सुनिश्चितता र ठेक्का प्रक्रिया पुरा गर्न छ महिना लाग्यो,” उहाँले भन्नुभयो “सम्झौता लगत्तै शुरु भएको कामलाई पुर्णता दिएर बजारलाई सुरक्षित र लगानीलाई उपलब्धीमुलक बनाउन तिन सिफ्टमा काम गराएका हौ ।”

Gunasthariya Shiksya

परियोजनाका प्राविधिकहरुको नियमित उपस्थिति र निगरानीमा पर्खाल ढलानको काम भैरहेको छ । २२ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित गत पुष तेस्रो साता रु. नौ करोड ४५ लाखमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्कि र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम करिब ४० प्रतिशत सकिएको छ ।

चार मिटर फराकिलो जग देखि दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिस पर्खाल बनाउन लागिएको हो । जग आसिसी हुने कम्पोजिट पर्खालको माथिल्लो पाँच मिटर भागमा ग्याबियन पर्खाल बनाइनेछ ।

संगमचोक पछाडी म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी नदी किनारमा करिब १६८ मिटर आरसिसी पर्खाल निर्माण यसपाली सम्भव नभएकाले त्यहाँ बर्खाको बाढी नियन्त्रणका लागि बैकल्पिक अस्थायी संरचना बनाउने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधीले राजकुमार श्रेष्ठले बताउनुभयो ।

“मंगलाघाट र कालीपुलमा नदीको सतह भन्दा माथिसम्म ढलान सकिएको छ,” उहाँले भन्नुभयो “कालीगण्डकीको डाइभर्सन गराउन बिवाद हुँदा संगमचोक पछाडीको कालीगण्डकी किनारमा तटबन्ध शुरु गर्न नसकिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचनाको विकल्प प्रस्ताव गरेका छौ ।”

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ रु. तीन करोड र पर्वत बेनीतर्फ रु. दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो । यसपाली पर्वत तर्फ बगरफाँटमा २० मिटर र वारीबेनीमा ४२ मिटर कम्पोजिट पर्खाल निर्माणको काम भैरहेको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...