बेनी अस्पताल व्यवस्थापन समिति र मोनाको अन्तरक्रिया

Gandaki Pardesh notice

बेनी, ११ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ ।
मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले मोनाले विगतमा उपलब्ध गराएका उपकरण र भवनको प्रभावकारी प्रयोग नभएकोमा दुःख व्यक्त गर्नुभएको थियो ।

दुवै पक्षले अस्पतालको सेवामा सुधारका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको मोनाका प्रवत्ता हिक्मत श्रेष्ठले बताउनुभयो । अस्पतालमा प्रवासी म्याग्देलीहरुको पहलमा भित्रिएको सहयोगको अभिलेखिकरण र दस्तावेजीकरण गर्न सुझाव दिएका थिए ।

Bhautik ministry notice about road

कार्यक्रममा बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले अस्पतालको अवस्था र सेवा सुविधा तथा चुनौति र आवश्यकताका विषयमा जानकारी गराउनु भएको थियो ।

Shreekrishna hardwear in news

मोना अन्तराष्ट्रियका महासचिव हरि राम्जालीले सञ्चालन गर्नुभएको कार्यक्रममा मोनाका अध्यक्ष अमर छन्त्याल, उपाध्यक्ष ई. नन्दबहादुर गर्वुजा र अस्पताल व्यवस्थापन समितिका सदस्य संगिता श्रेष्ठले आफ्नो भनाई राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...