मुनामा एमालेको पार्टी कार्यालय स्थापना

Gandaki Ghumau

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँमा बिहिबार नेकपा एमालेले पालिका स्तरीय कार्यालय स्थापना गरेको छ ।

आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै फलियागाउँमा पार्टी कार्यालय स्थापना गरेको हो । कार्यालयको एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा थापा, प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटिका उपसचिब तथा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, जिल्ला सदस्य देवबहादुर थापा लगायतले एमालेको नेतृत्वमा भएका राम्रा कामको प्रचार, संगठन सुदृढीकरण सँगै चुनावको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

पालिका कमिटिका अध्यक्ष होमबहादुर थापाको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष तथा एमालेका पालिका सचिब रेशम छन्त्यालको सञ्चालनमा एमाले धवलागिरीको बैठक बसेको छ । बैठकमा आगामी चुनावी रणनीतिको विषयमा प्रशिक्षण र छलफल भएको थियो ।

तस्बिर इश्वर सुवेदीको फेसबुकबाट

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...