रत्नेचौरमा धार्मिक महोत्सवको तेस्रो दिनसम्म साढे नौ लाख संकलन

khali

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को तेस्रो दिनसम्म साढे नौ लाख रुपैया भन्दा बढी सहयोग जुटेको छ ।

परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा तेस्रो दिनसम्म रु. नौ लाख ५७ हजार ११६ संकलन भएको हो ।

khali

आयोजक समितिका उपाध्यक्ष चिरञ्जिवी बोगटीले तेस्रो दिन बुधबार बलबहादुर थापाले रु. एक लाख पच्चिस सहयोग गर्नुभएको जानकारी दिनुभयो । यसअघि हिमालय बाबाजीले रु. पाँच लाख सहयोग गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

लक्ष्मीहरी मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महोत्सव फागुन ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...