रत्नेचौरमा धार्मिक महोत्सव शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमबारदेखि ‘रत्नेचौर धार्मिक महोत्सव’ शुरु भएको छ ।

परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र बिन्धबासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको बताउनुभयो ।

Shreekrishna

“धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “धार्मिक स्थलहरुलाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका छौ ।”

धार्मिक पर्यटनको विकासका लागि शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान शुरु गरिएको र मधेश प्रदेशको भ्रमण गरेर आएको पोखरेलले बताउनुभयो । उहाँले निर्माणाधिन कालिगण्डकी कोरीडोर सडकलाई पुर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी तथा भारतका हिन्दुधर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजना अघि सारिएको बताउनुभयो ।

गण्डकीका पर्यटकीय र धार्मिक स्थलहरुलाई पनि एक अर्कासँग जोडेर विकास गर्न थालिएको बताउनुभयो । “हिमाल र मधेशको सम्बृद्धीमा एक अर्काको सम्बन्ध रहेको छ,” पोखरेलले भन्नुभयो “कालीगण्डकी सभ्यता गण्डकीको सम्बृद्धीको आधार हो ।”

लक्ष्मीहरी मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

लक्ष्मीहरी मन्दिरका संस्थापक जीयर स्वामीले रत्नेचौर मुक्तिक्षेत्रको प्रवेशद्धार भएकाले यसको धार्मिक र पर्यटकीय दुवै किसिमको महत्व भएको बताउनुभयो । “पौलत्स्य ऋषिले यही क्षेत्रमा तपस्या गरेका हुन,” उहाँले भन्नुभयो “रत्नेचौर मुक्तिनाथको दैलोको बत्ति जस्तै हो ।”

आफू र आफ्नो ठाउँको पहिचान गर्नुपर्ने बताउदै जीयर स्वामीले सामुहिक भावनाले सबैको भलो हुने बताउनुभयो । रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

‘‘तोरीवारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ,” उहाँले भन्नुभयो “महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ ।’’

भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताउनुभयो । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो । यहाँ बि.स. २०६६ र २०७५ मा पनि धार्मिक महोत्सव भएको थियो ।

पछिल्लो पटक मन्दिर परिसरमा आश्रम निर्माण भएको छ । रत्नेचौर र बाग्लुङको कुडुले जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भैरहेको छ । मन्दिर स्थापना भएको २५ बर्ष र मन्दिरका संस्थापकाचार्य १०० नक्षेत्र पार गरेको अवसरमा आयोजित महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, नेकपा माओवादी केन्द्रका बेनी नगर अध्यक्ष सेरबहादुर केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । महोत्सव उद्घाटन गर्नुअघि हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...