दरबाङमा बजार अनुगमन

Gandaki Ghumau

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारका पसलहरुको आइतबार अनुगमन गरिएको छ ।

गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका डिभिजन प्रमुख सौरभ श्रेष्ठको नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको पाइएको छ ।

Gunasthariya Shiksya

पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, म्याद नाघेको सामान, पाउरोटी, फ्रुट, चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको छ । प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको र साइन बोर्ड नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्था अनुसार गर्न निर्देशन दिइएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

बजार अनुगमनलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । आइतबार १८ वटा पसल अनुगमन गरिएको छ । अनुगमनमा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई सभापति लेकबहादुर पुन, सचिव अमृत सापकोटा, सहसचिव विरेन्द्र पुन, जिल्ला प्रशासन कार्यालय म्याग्दीका गोबिन्द पुन, स्थानीय मेखबहादुर बुढाथोकी, गाउँपालिकाका कर्मचारीहरु, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, इलाका प्रहरी कार्यालय दरबाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...