बिद्यार्थी कुट्ने शिक्षकले माफि मागेपछि ५ बुदे सहमति

Gandaki Kotihome

बेनी । बिद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफि मागेका छन् ।

बिद्यालयले उपचार खर्च ब्यहोर्ने, शिक्षकलाई स्पष्टिकरण सोध्ने र शिक्षकले माफि माग्ने लगायत सहमति भएको हो । यही फागुन १३ गते लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाइबाट कक्षा १० को बि सेक्सनका १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो ।

घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्विकार गरेर गल्ती नदोहोराउने लिखित माफि मागेपछि बिद्यार्थीका अभिभावक र ब्यवस्थापन समितिका पदाधीकारीबीच ५ बुदे सहमतिमा हस्ताक्षर भएको हो ।

Upper Myagdi transmition line notice

घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेपछि करङ भाँचिएर घाइते भएका पौडेलको उपचार भैरहेको छ । निमित्त प्रअ लेखबहादुर हमाल र राजनका बुवा भिमप्रसाद पौडेलबिचको हस्ताक्षर भएको सहमतिपत्रमा घाइते बिद्यार्थीलाई बिद्यालयले १२ कक्षा सम्म निशूल्क पढाउने उल्लेख छ ।

Annapurna aarohan ko notice

पौडेलको स्वास्थ्य सामान्य नहुँदासम्म उपचारको क्रममा भएको खर्च पेश गरेको बिल भरपाइको आधारमा भुक्तानी र चोटका कारण भविष्यमा कुनै समस्या आएमा बिद्यालयले उपचार गर्ने सहमति भएको छ । फागुन १८ गतेको ब्यवस्थापन समितिको बैठकले शिक्षक घिमिरेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पढाउने क्रममा कागजको ढल्ला बनाएर हानेको भन्दै घिमिरेले पौडेल सहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई कुटपिट गर्नुभएको थियो । भिमप्रसादले मर्यादा विपरित बालमनोबैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै फागुन १५ गते बिद्यालयमा निवेदन दर्ता गर्नुभएको थियो ।

नेपाल बिद्यार्थी संघले फागुन १५ गते र अनेरास्वयू क्रान्तिकारीले फागनु २२ गते विज्ञप्ति प्रकाशन गरेर शिक्षकलाई कारबाही गर्दै सुरक्षित भएर पढ्ने वातावरण बनाउन माग गरेका थिए । बिद्यार्थी कुटेर घाइते बनाएको समाचार सार्वजनिक भएपछि शिक्षक घिमिरे, विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई दवाव परेको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश शर्मा, विद्यालय ब्यवस्थापन समितिका सदस्य सरला सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण ढुंगाना, घाइते बिद्यार्थीका भिनाजु यामनाथ सुबेदी, आफन्त रिषीकेस तिवारी, नेबिसंघ म्याग्दीका सभापति निर्मल खत्री र बेनपा–६ का अध्यक्ष कृष्णसिंह बानियाको रोहबरमा सहमति भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...