रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

Gandaki Kotihome

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ सञ्चालन हुने भएको छ ।

धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन हुने ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

रत्नेचौरमा शनिबार पत्रकार सम्मेलन आयोजना गरि धार्मिक महोत्सवको तयारीलाई तिब्र पारिएको जानकारी गराईएको थियो । महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक महतले जानकारी दिनुभयो । उहाँका अनुसार, उद्घाटन कार्यक्रममा साँस्कृतिक झाँकी सहित हेलिकप्टर मार्फत पुष्पवृष्टि गर्ने कार्यक्रम तय गरिएको छ ।

रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । ‘‘तोरीवारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ, यो धार्मिक महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ’’–उहाँले भन्नुभयो ।

महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनहरुको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति गठन गरि तयारीलाई तिब्रता दिईएको प्रचार प्रसार समितिका संयोजक बिक्रम बोगटीले जानकारी दिनुभयो । महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक संघसंस्थालाई समेत सहभागीताका लागि अनुरोध गरिएको छ । यसअगाडी समेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको थियो ।

भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताउनुभयो । हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । मन्दिर स्थापना भएको २५ बर्ष र मन्दिरका संस्थापकाचार्य १०० बर्ष पुरा भएको अवसरमा आयोजित सप्ताहव्यापी महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...