जलजलामा कर सचेतना

khali

बेनी । जलजला गाउँपालिका–७ मिलनचोकमा बिहिबार कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सहभागिहरुलाई करयोग्य कारोबार, कर तिर्दा ध्यान दिनुपर्ने कुरा र करको दायित्वको बारेमा जानकारी दिनुभएको थियो ।

Shreekrishna hardwear in news
khali

नेपाल सरकार र गाउँपालिकाको कर सम्वन्धि बिध्यमान नीतिगत व्यवस्था सम्वन्धि सचेतीकरण गराउँदै कार्यक्रममा सहभागीहरुद्वारा राखिएका जिज्ञासाहरुलाई आचार्यले प्रस्ट्याउनु भएको थियो । स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रमका शहरी शासन बिज्ञ सतिश आचार्यले पनि करका विविध पक्षका बारेमा अवगत गराउनुभयो ।

जलजला कृषक समुहका अध्यक्ष राजु आचार्यले व्यावसायीलाई घरदैलोमै सेवा दिने काम भएकोमा यसले आफुहरुलाई सजिलो भएको बताउनुभयो । कर तिर्नु सबै नागरिकको दायित्व भएको स्पष्ट पार्दै आचार्यले करको दायरामा आउन सबै व्यवसायीलाई अनुरोध गर्नुभयो ।

उद्योग वाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष चित्रराज रेग्मीले व्यवसायीहरुलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघ संग सहकार्य गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरुले आफूहरुले करको महत्व बुझेको तथा समयमै कर तिर्नुपर्ने तथा एकिकृत सम्पत्ति कर लगायत विविध बिषयमा प्रस्ट भएको जानकारी गराएका थिए ।

९० जनाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जलजला कृषक समूहका सदस्य जमूना आचार्यले गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...