बेनीको एकतर्फि यातायातमा व्यवसायी विभाजित

khali

बेनी । बेनीमा लागू गरिएको एकतर्फि यातायातको नियमको बिरोधमा रहेका व्यवसायीहरु विभाजित देखिएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघ एकतर्फि हटाउनुपर्ने माग सहित दवाव सिर्जनामा लागेको अवस्थामा उद्योगी व्यापारीहरुको अर्को संस्था चेम्बर अफ कमर्सले एकतर्फिलाई निरन्तरता दिनुपर्ने माग गरेको हो ।

चेम्वर अफ कमर्स म्याग्दीका अध्यक्ष भरत रकालले बुधबार एक बिज्ञप्ति जारी गर्दै दुर्घटनामा कमि, पैदलयात्रुलाई सहज र सुरक्षित, बजारको सुन्दरता, व्यवसायिक सहजता र प्रभावकारीतामा वृद्धि, जोखिम कम, ट्राफिक जाम घटेकाले एकतर्फीलाई निरन्तरता दिनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

Shreekrishna hardwear in news

चेम्वर र उद्योग वाणिज्य संघको फरक फरक धारणाले एकतर्फि यातायातको नियमका विषयमा व्यवसायी विभाजित भएको देखिएको छ । गत मंसिर १४ गते नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार पुष १ गतेदेखि एकतर्फि यातायात सञ्चालन भएको थियो ।

khali

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, बिरेन्द्र चोक, हुलाकचोक, न्युरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने सडक प्रयोग गर्नेगरी एकतर्फी यातायात सञ्चालन गरिएको थियो ।

एकतर्फी यातायात सञ्चालन गर्ने नियम हटाउन म्याग्दी उद्योग बाणिज्य संघका पदाधीकारी, बेनीको न्युरोडका टोल सुधार समिति र केही ब्यवसायीहरुले दवाव दिन थालेपछि बिवाद बढेको छ । एकतर्फि हटाउन दवाव दिन बुधबार एउटा समूह जिल्ला समन्वय समिति र प्रशासनमा गएको थियो ।

प्रशासन, प्रहरी र ट्राफिक प्रहरी कार्यालय दुर्घटना न्युनीकरण र यातायात ब्यवस्थापनमा प्रभावकारी बनेको एकतर्फी यातायात सञ्चालनलाई निरन्तरता दिनुपर्ने अडानमा छन् । फागुन २ गते बेनी नगरपालिकामा बसेको टोल सुधार समिति र उद्योग बाणिज्य संघ सहितको बैठकले एकतर्फी यातायातका कारण ब्यवसायमा गम्भिर असर परेको र असुबिधा भएकोले हटाउने आशयको निर्णय गरेपनि कार्यान्वयन भएको छैन् ।

दुर्घटना न्युनिकरण हुनुका साथै सवारी आवतजावत, पैदलयात्रुलाई सहज भएको र जामको समस्या हटेकाले यातायात ब्यवसायी र सर्बसाधारणले एकतर्फी यातायात सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव मागेको थियो । अधिकांशले एकतर्फि हुनुपर्ने सुझाव दिएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...