शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

khali

सजिना खड्का,
गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार बिहान गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले महाशिवरात्रीका दिन रु. तीन लाख ५३ हजार ८७ भेटि संकलन भएको जानकारी दिनुभयो ।

“कोषका पदाधीकारी, प्रहरी र जनप्रतिनिधीको रोहबरमा भेटि गनिएको हो,” उहाँले भन्नुभयो “संकलित भेटि कोषको खातामा जम्मा हुन्छ ।” गत बर्षको महाशिवरात्रीमा गलेश्वरमा रु. तीन लाख ६८ हजार भेटि संकलन भएको थियो ।

Shreekrishna hardwear in news
khali

म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्रि पर्वको मेला भर्न तीस हजार जना भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

शिवरात्रीको अवसरमा महाबक्ती बाल्ने ब्यवस्थालाई निरन्तरताका साथै गलेश्वर मन्दिर परिसरमा ११ वटा धारामा स्नान गर्ने सुबिधा थपिएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमा फैलिएको गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ ।

गलेश्वरधामलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धारका रुपमा चिनिन्छ । द्धापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पुजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...