रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा सहयोग

Gandaki Pardesh notice

रुम । रक्तक्यान्सरबाट थलिएका मालिका गाउँपालिका–२ रुमका १० बर्षीय निश्चल विश्वकर्माको उपचारका लागि रु. ५४ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ ।

काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारका लागि कतार र रुम गाउँबाट सहयोग प्राप्त भएको हो । कतारमा रहेका रुमका खिमबहादुर बिकको नेतृत्वमा रु. ३४ हजार ३८०, रैमति बिक र प्रतिक्षा बिकको नेतृत्वमा रुमबाट रु. २२ हजार २८० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन गत माघ २३ गतेदेखि रुमका उदयकुमार बुढाथोकी संयोजक र भुपेन्द्र नेपाली सहसंयोजक रहेको “निश्चल बचाउ अभियान” शुरु भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु. छ लाख भन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी बिकले बताउनुभयो । “बोनम्यारो प्रत्यारोपण गर्दा आइसियुमा राख्नु प¥यो भने रु. २५ लाख देखि रु. ३० लाख र आइसीयुमा राख्न नपरे रु. २० देखि २५ लाख आवश्यक पर्ने डाक्टरले भन्नुभएको छ,” उहाँले भन्नुभयो “आफूसँग भएको, बिदेशबाट श्रीमानले पठाएको र आफन्तबाट ऋण गरेर रु. छ लाख खर्च गरिसके ।”

थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर बिक परिवार समस्यामा परेका छन् । निश्चलका बुवा मदन रोजगारीको लागि कुबेतमा हुनुहुन्छ । बिक परिवार गाउँमा खेतीकिसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।

स्वदेश तथा बिदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरुलाई अपिल गरेका छन् । निश्चलकी आमा चन्द्रकुमारी बिकको नाममा मेघा बैंकमा १४२००५००१५४७९ नम्बरको खाता खोलिएको छ । सहयोगका लागि सम्पर्क न. ९८६०७१५१८६, ९८६०७१५१८६, ९८४६७७८८३३ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...