बेनी अस्पतालका डाक्टर कडेललाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेल उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले २४ औ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा रु. एक लाख राशीको पुरस्कार प्रदान गरिएको हो ।

स्वास्थ्य मन्त्री बिरोध खतिवडाले डाक्टर कडेल लगायत पुरस्कृत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गर्नुभएको थियो । हाल बेनी अस्पतालमा कार्यरत कडेल यसअघि मुगु, डडेल्धुरा लगायतका जिल्लाका अस्पतालमा सेवा गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

पुरस्कारबाट प्रोत्साहन मिलेको बताउदै डाक्टर कडेलले स्वास्थ्य सेवामा थप सक्रीय हुने प्रेरणा मिलेको बताउनुभयो । रु. ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेलले पाउनुभएको छ ।

दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान गरिएको छ । सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन् ।

यसैगरी डा शरदचन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक मुस्ताङ रहेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...