अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटि चयन

Gandaki Ghumau

बेनी । नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटिको दोस्रो नगर अधिबेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

अम्बिका ढुङ्गानाको अध्यक्षतामा चयन भएको कमिटिको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा, सचिबमा मैनकला राई सोनिया, सहसचिबमा पद्मा शर्मा र कोषाध्यक्षमा सबिना भण्डारी रहनुभएको जिल्ला अध्यक्ष ज्योति लामिछानेले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दी जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले माओवादीले उठाएको समावेशीको राजनीतिक मुद्दा संबिधानमा समावेश भएर पछाडी परेका महिला, दलित, जनजाती, आदीवासीहरुले अवसर पाएको बताउनुभयो ।

सबै किसिमका विभेद्को अन्त्य गरी समतामुलक समाज निर्माण गर्ने माओवादीको राजनीतिक मुद्दा सफल पार्न लक्षित समुदायले साथ दिनुपर्ने र अधिकार उपभोगमा अग्रसर बन्नुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...