मुटुरोगबाट थलिएका दलित अगुवा किसानको उपचारमा आर्थिक अभाव

Gandaki Ghumau

बेनी । मुटुरोगबाट थलिएका म्याग्दीका दलित अगुवा याम किसानको उपचारमा आर्थिक अभाव भएको छ ।

मुटुको ३ वटा भल्बमा समस्या देखिएपछि बिरामी परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आएका किसानको उपचारमा समस्या भएको हो । बि.स. २०७५ देखि औषधी सेवन गर्दै आएका किसानको शल्यक्रिया गर्न चिकितसकले सुझाव दिनुभएको छ ।

३ वटा भल्बमा समस्या देखिएकोमा २ वटाको अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो । उहाँको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ । साँघुरोलाई खुल्ला बनाउन र प्वाल परेकोलाई टाल्नका लागि तत्काल अप्रेसन गर्नुपर्ने किसानले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

डा. भगवान कोइराला नेतृत्वको चिकित्सकको टोलीले गत माघ २१ गते भर्नाका लागि टिचिङ अस्पताल काठमाडौँ बोलाएको तर आर्थिक अभावका कारण आफु जान नसकेको किसानले बताउनुभयो । ३८ बर्षीय किसानका पारिवारको आर्थिक अबस्था कमजोर रहेको छ ।
“घरौटी राख्न अस्पतालले रु. दुई लाख ५० हजार मागेको छ,” किसानले भन्नुभयो “पैसा जुटाउन नसकेर भर्ना हुन बोलाएको मितिमा जान सकिन् ।” उपचारका लागि करिब रु. आठ लाख खर्च लाग्ने अस्पतालले जनाएको छ ।

किसानको उपचारमा आर्थिक अभाव भएपछि पुस्कर बिश्वकर्माको संयोजकत्वमा ‘याम किसान उपचार सहयोग संकलन समिति’ गठन गरि अभियान सञ्चालन गरिएको छ । समितिको सहसंयोजकमा लालु किसान र सदस्य सचिवमा अमित बिश्वकर्मा रहनुभएको छ ।
समितिले आर्थिक संकलन अभियानलाई देश तथा बिदेशमा रहेका विभिन्न म्याग्देलीहरु समक्ष पुराउने र आर्थिक सहयोगको अपिल गर्ने कार्यलाई अगाडि बढाएको छ । समितिको नाममा ज्योति बिकास बैंक बेनी शाखामा १०३००१००४१५६६९०००००१ नम्बरको खाता खोलिएको छ ।

जिवन ज्योति सेवा केन्द्र म्याग्दीबाट रु. ३० हजार र बेनी नगरपालिकाबाट रु. २० हजार सहयोग प्राप्त भएको छ । मालिका–१ निस्कोट घर भई हाल पोर्चुगलमा रहनुभएका राजविर पर्टेलले रु. १० हजार र समितिका संयोजक बिश्वकर्माले रु. पाँच हजार सहयोग गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...