खानीगाउँमा सुन्तला खेती सम्बन्धी स्थलगत तालिम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा आइतबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । सुन्तलाको हाँगा काटछाट, सरसफाई, मलजल, बोर्डोपेष्ट गरी रोग किराको ब्यवस्थापन गर्ने बिषयमा ब्यवहारिक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, कृषि प्रसार अधिकृत गोबिन्द पाण्डे, प्राबिधिक श्यामशरण कुर्मी, जनक शर्मा, मंगला गाउँपालिकाका कृषि शाखा संयोजक जगत बानियाले तालिमको सहजिकरण गर्नुभएको थियो ।

वडा सदस्य दिलकुमारी खत्री लगायत ४५ जना कृषकहरुको तालिममा सहभागिता थियो । सुन्तला खेती बिस्तार र गुणस्तरीय उत्पादन बृद्धी गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तालिममा सहभागि कृषकहरुलाई सुन्तला बगैचा ब्यवस्थापनका लागि आवश्यक पर्ने सिकेचर, आरि, निलोतुथो, चुना र स्प्रे निशूल्क बितरण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...