चिमखोलामा प्रहरी पोष्ट स्थापना

Gandaki Pardesh notice

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी रहनेगरी स्थापना गरिएको पोष्टलाई स्थायी रुपान्तरण र चौकीमा स्नरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।

Shreekrishna hardwear in news

शान्ति सुरक्षाका लागि स्थानीयबासी र गाउँपालिकाबाट भएको माग अनुसार प्रहरी पोष्ट स्थापना गरेको उहाँले बताउनुभयो । १४ हजार जनसंख्या भएको रघुगंगाको एक तिहाई जनसंख्या दुई वडामा छ ।

सडक सञ्जालमा जोडिएको, जलबिद्युत आयोजना निर्माण हुन थालेका, हजारौ मजदुर कार्यरत भएका, आर्थिक गतिबिधीसँगै सुरक्षा चुनौति बढेको थियो । गत बर्ष अजिंगर भिरमा सडक खुलेसँगै बाह्य कामदारको चहलपहल र अपराधजन्य गतिबिधी बढेको थियो ।

बिपद् ब्यवस्थापनका साथै धौलागिरी सेञ्चुरी र आइसफल पदमार्गको सुरक्षामा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको प्रर्वद्धक तुदी पावर कम्पनीले तीन कोठे भवन उपलब्ध गराएको छ ।

Bhautik ministry notice about road

कम्पनीका प्रतिनिधी उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्कि भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताउनुभयो । यसअघि चिमखोला र कुइनेमंगलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो ।

भौगोलिक बिकटता, यातायातको असुबिधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमंगलेमो सुरक्षाकर्मी पुग्न पुरै दिन लाग्ने समस्या थियो । आवश्यकता र माग अनुसार सुरक्षा ब्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले बताउनुभयो ।

जिल्ला न्यायाधिश तेजनारायण पौडेलले लगानीसँगै स्वभाविकरुपमा बिकास भित्र्ने भएकाले प्रर्वद्धकहरुले क्षति न्युनीकरण र स्थानीयको आवश्यकता सम्बोधन तथा स्थानीयले सहयोगी भूमिका निर्बाह गर्र्नुपर्ने बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र माग अनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताउनुभयो ।

चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धीमाया पहरे पुनले जलबिद्युत आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौति ब्यवस्थापनका लागि प्रहरी चौकी आवश्यकता परेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...