बेनीका एमाले कार्यकर्तालाई प्रशिक्षण

Gandaki Ghumau

बेनी । नेकपा एमाले बेनी नगर कमिटिले बुधबार अगुवा कार्यकर्तालाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएको छ ।

एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य रामबहादुर रावतले प्रशिक्षण दिनुभएको हो । उहाँले नेता तथा कार्यकर्ताको नेतृत्व तथा ब्यक्तित्व बिकास, पार्टीको चुनावी रणनीति, अहिलेको राजनैतिक अबस्था, लेलिनबादी आधारको पार्टी निर्माण, चरित्रवान कार्यकर्ता उत्पादन, नेकपा एमालेको संकल्प लगाएतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

Gunasthariya Shiksya

कार्यक्रममा बेनी नगरपालिकाका १० वटै वडाबाट वडा कमिटि अध्यक्ष, सचिव लगाएत करिव ४० जना नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । स्थानीय चुनाव नजिकिदै गर्दा पार्टीको चुनावी रणनीति निर्माण तथा कार्यकर्ता परिचालन सम्वन्धी बिषयमा भएको प्रशिक्षणले सहभागी नेता तथा कार्यकर्तालाई थप उर्जा मिलेको नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

Shreekrishna

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य प्रमोद श्रेष्ठ, जिल्ला कमिटि सदस्य सुरज केसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रम नगर कमिटि अध्यक्ष जिसीको अध्यक्षता र सचिव सुवास बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...