मंगलामा ग्रामिण ‘अल्ट्रासाउन्ड’ कार्यक्रम शुरु

Gandaki Ghumau

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण ‘अल्ट्रासाउन्ट’ कार्यक्रम शुरु गरेको छ ।

ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड उपकरणको सहायताले गर्भको बच्चाको अवस्था पहिचान गर्ने सेवा दिन थालेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाले वडा नम्बर १ कुहुँको स्वास्थ्य चौकीबाट कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।

“माघ २० गते कुहुँका चार जनाको गर्भ परिक्षण गरेर कार्यक्रम शुरुवात गरेका छौ,” उहाँले भन्नुभयो “पालिकाका पाँच वटा वडाका गर्भवतिलाई पायक पर्ने तीन वटा स्वास्थ्य संस्थामा हरेक महिनाको एक दिन अल्ट्रासाउण्ड सेवा दिने ब्यवस्था मिलाएका छौ ।”

Shreekrishna

हरेक महिनाको ४ गते बरंजा, ६ गते अर्मन र २० गते कुहुँ स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा दिइने भएको छ । बरंजाको स्वास्थ्य चौकीबाट वडा नम्बर ३ र ४ तथा अर्मन स्वास्थ्य चौकीबाट २ र ५ नम्बर वडाका गर्भवतिले सेवा लिनेछन् ।

Gunasthariya Shiksya

अल्ट्रासाउण्ड गरेर गर्भवतिको पेटभित्र भएको बच्चाको अवस्था समयमै पहिचान गर्न सहज हुन्छ । पेटभित्रको बच्चाको अवस्था असामान्य देखिएमा स्वास्थ्यकर्मीले उपचारका लागि समयमै अस्पताल पठाउने भएकाले समयमै उपचार पाउने र मातृ, शिशु मृत्युदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि अल्ट्रासाउण्ड गर्न बेनी, बागलुङ र पोखराको अस्पतालमा जाने गरेका थिए । गाउँमै अल्ट्रासाउण्डको सुबिधा भएपछि खर्च र समयको बचत भएको छ । समयमै समस्याको पहिचान गर्न सकिने कुहुँ स्वास्थ्य चौकीका प्रमुख मायाकुमारी अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकार र वन हार्ड परियोजनाले स्वास्थ्य कार्यालय म्याग्दी मार्फत गाउँपालिकालाई एक थान अल्ट्रासाउन्ट उपकरण उपलब्ध गराएको थियो । गाडीमा राखेर एक देखि अर्को स्वास्थ्य संस्थामा उपकरण लगिने भएको छ ।

मंगलामा बार्षिक ४१४ जना गर्भवति हुने स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना र लेखा प्रमुख लेखनाथ अधिकारी, अनमी राधा आचार्यको उपस्थितिमा कुहुँमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरुवात गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...