प्रहरी नियन्त्रणबाट कसरी भागे मानब बेचबिखनका अभियुक्त ?

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मानब बेचबिखन सम्बन्धी मुद्दाका एक जना अभियुक्त प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याउने क्रममा बाटोबाटै भागेका छन ।

नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोमा गत मंसिर ९ गते परेको जाहेरीका आधारमा बेनी नगरपालिका–३ भकिम्लीको ठोट्नेरीका अन्दाजी ४० बर्षका जसबहादुर श्रीसमगर र उनकी श्रीमति ४९ वर्षीया पार्वती चन्द्लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई निर्देशन आएको थियो ।

जसबहादुर र पार्वतीले १६ वर्षअघि म्याग्दीकै एक महिलालाई भारतमा लगेर बिक्री गरेको ब्युरोमा उजुरी परेको थियो । ब्युरोको निर्देशन अनुसार यही माघ ४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट दुई वटा मोटरसाइकलमा तीन जना प्रहरी ठोट्नेरी गएका थिए ।

Shreekrishna hardwear in news

म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले पार्वती र उनकी छोरी २२ बर्षीया रेखा चन्द्लाई पक्राउ गरेपनि गाडीमा राखेर ल्याउने क्रममा भागेका जसबहादुरको खोजी भैरहेको बताउनुभयो । “घरमा पक्राउ गरेर निजी गाडीमा राखेर बेनी ल्याउने क्रममा जसबहादुर भागेका हुन,” उहाँले भन्नुभयो “आरोपी पार्वति र भाग्ने क्रममा प्रहरीलाई दुरब्यवहार गर्ने रेखालाई पक्राउ गरिएको छ ।”

Bhautik ministry notice about road

स्थानीयबासीका अनुसार गाडीमा चढेपछि श्रीस र चन्द्द्धयले प्रहरीमाथी हातपात गर्दै भागेका थिए । कम जनशक्ती र आफ्नै गाडी पुग्न नसक्ने सडकका कारण भागेका श्रीसको खोजीका लागि प्रदेश र केन्द्रिय कार्यालयको सहयोग मागिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । प्रहरीको गाडी बेनीबाट भकिम्लीतर्फ जादै थियो ।

संबेदनशिल मुद्दाका अभियुक्त पक्राउ गरेर कार्यालयमा ल्याउने क्रममा प्रहरीले लापरबाही गरेको टिप्पणी र आरोप तथा मिलेमतोको शंकाको खण्डन गर्दै प्रनाउ राईले सिमित स्रोत, साधन, कठिन भूगोल र जनशक्तिलाई कारण देखाउनुभयो ।

पार्वतीलाई ब्युरोमा र उनकी छोरी लाई अभद्र ब्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार म्याग्दी पठाइएको प्रहरीले जनाएको छ । सुदुरपश्चिमकी चन्द्ले म्याग्दीका जसबहादुरसँग दोस्रो बिवाह गरेकी थिइन् । रेखा पार्वतिका पुर्वपतिकी छोरी हुन् । मानब बेचबिखनको मुद्दा पुष्टि भएमा बीस बर्ष कैद सजाय हुने ब्यवस्था छ ।

सो मुद्दाका आरोपी पिडित महिलाका श्रीमान लक्ष्मण क्षेत्री युएइबाट फर्कने क्रममा माघ ४ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका थिए । लक्ष्मणले श्रीमतिलाई दिल्लीमा बोलाएर जसबहादुर र पार्वतिलाई बेचेको जाहेरीमा उल्लेख छ ।

श्रीस दम्पत्तिले ती महिलालाई भारतको अलिगड स्थित एक ब्यक्तिको घरमा लगेर यौनधन्दामा लगाएका थिए । अलिगाडमा तीन सन्तान जन्माएपछि उनलाई पुन दिल्लीमा लगेर बेचिएको थियो । एक ग्रहाकको सहयोगमा फेसबुक मार्फत नेपालमा रहेका भाईसँग सम्पर्क गरेपछि महिलाको उद्दार भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...