म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीमा बाक्लो हिमपात

Gandaki Ghumau

बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजिबन प्रभाबित भएको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौ पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको देबिस्थान, रुम, निस्कोट, मंगलाको टोड्के, झाँक्रीपानी, किमचौर, रघुगंगाको कुइने, पाखापानी, दग्नाम, झिँ, रुइसे, अन्नपूर्णको घोडेपानी, राम्चे, टिकोट, लेकगाउँ, बेनी नगरपालिकाको भकिम्ली लगायतका ठाउँमा हिउँ परेको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, फलामेडाडा, लोप्रे, शालिजा, बनौमा पनि हिउँ परेको छ । हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । सर्बसाधारण घरभित्रै आगो तापेर बसेका धवलागिरी– १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

पैदलमार्गमा हिउँ परेपछि गुर्जामा यातायात सम्पर्क बिच्छेद भएको छ । गाई, भैसी, भेडाबाख्रा चरनमा जान सकेका छैनन् । गोठमै बाँधेर नल, पराल दिएर राखिएको कृषकले बताएका छन् । हिमपातसँगै बढेको चिसोका कारण सडक, भवन, सिचाई, खानेपानी लगायत बिकास आयोजना निर्माणमा समस्या भएको छ । तीन, चार फिट सम्म बाक्लो हिउँ जमेको छ ।

कृषकहरुलाई भने हिमपात र बर्षातले राहत मिलेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर पुनले हिउदेबालीका लागि बर्षातले फाइदा पुगेको बताउनुभयो ।

“जौ, गहुँ, केराउका लागि हिउँ र बर्षातले सिचाई भएको छ,” उहाँले भन्नुभयो “आकाशे पानीको भरमा खेती गर्ने कृषकहरुलाई राहत मिलेको छ ।” ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन भएको म्याग्दीमा १९ हजार ४९८ हेक्टर क्षेत्रफल खेतीको लागि प्रयोग भएको छ ।

छ हजार ५८ हेक्टर जमिनमा बाह्ै महिना सिचाई सुबिधा रहेको खानेपानी, सिचाई तथा जलस्रोत बिकास डिभिजन कार्यालय म्याग्दीको तथ्याङ्क छ । हिमपात र बर्षातले हिउदे बाली उत्पादन बढाउन सहयोग पुग्ने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...