अन्नपूर्णका अध्यक्षद्धारा टिकोटका बिद्यार्थीलाई न्यानो कपडा बितरण

Gandaki Pardesh notice

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माबिका बिद्यार्थीहरुलाई बिहिबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले न्यानो कपडा बितरण गर्नुभएको छ ।

टिकोट माबिमा अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको प्रअ ठगराज पुन (प्रदिप)ले जानकारी दिनुभयो । अध्यक्ष पुनले यसअघि बुधबार दोबाको कैलाश माबिका १५७ जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको थियो ।

अध्यक्ष पुनले जनप्रतिनिधीको हैसियतमा पाएको सेवा सुबिधा वापतको रकमबाट दोवाको होजियारी लघुउद्यमी समूहले उत्पादन गरेको स्विटर खरिद गरेर बिद्यार्थीलाई बितरण गर्नुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उद्यमी र सामुदायिक बिद्यालयका बिद्यार्थीलाई प्रोत्साहन गर्न स्विटर बितरण गरेको अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनले जनप्रतिनिधीको हैसियतमा आफूले पाउने तलबलाई छुट्टै खातामा जम्मा गरेर शिक्षा, स्वास्थ्य, महामारी नियन्त्रण, बिपन्न र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...