बेनी बजार संरक्षण योजना शुरु

Gandaki Kotihome

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्ध शुरु गरेको हो ।

हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु नहुँदा कटानको जोखिम बढेको थियो ।

Upper Myagdi transmition line notice

बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्सनले यसै हप्तादेखि नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न थालेको हो । सहायक ठेकेदार माउन्ट धौलागिरी कन्ट्रक्सनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्क स्थित कालीगण्डकी किनारमा एक्साभेटर परिचालन गरेर फाउण्डेशन खन्न थालेको बताउनुभयो ।

“मंगलाघाटको म्याग्दी नदी किनारमा केही दिनमै पर्खाल बनाउन फाउण्डेशन खन्ने काम शुरु हुन्छ,” उहाँले भन्नुभयो “पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीका बासिन्दाको बिरोधका कारण संगमचोक पछाडीको कालीगण्डकी किनारमा तटबन्ध बनाउन फाउण्डेशन खन्न नदी डाइभर्सन गराउन पाएका छैनौ ।”

Annapurna aarohan ko notice

बिवाद समाधानका लागि बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधीहरुलाई समन्वयका लागि निर्माण कम्पनीले अनुरोध गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो । २२ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित रु. नौ करोड ४५ लाखमा पुष तेस्रो साता ठेक्का सम्झौता भएको थियो । रातीमा पनि काम गर्ने गरी तीन समूहमा मजदुर परिचालन गर्ने ठेकेदारको तयारी छ ।

परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले कुल रु. १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का प्रतिस्पर्धाका क्रममा कम कबोलेको रौताह–बिएनबीले पाएको बताउनुभयो । कालीपुलमा ८० र संगमचोक पछाडी म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी नदी किनारमा करिब १६८ मिटर आरसिसी तथा मंगलाघाट स्थित म्याग्दी नदी किनारमा करिब ६० मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने लक्ष्य छ ।

चार मिटर फराकिलो जग देखि दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिस पर्खाल बनाउन लागिएको हो । जग आसिसी हुने कम्पोजिट पर्खालको माथिल्लो पाँच मिटर भागमा ग्याबियन पर्खाल बनाइनेछ ।

कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब १०० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गरेको थियो । मध्य माघदेखि शुरु भएको नदी नियन्त्रणको काम बर्खा अघिनै सम्पन्न गरेमा मात्रै बेनी बजार सुरक्षित हुने स्थानीय टंक हमालले बताउनुभयो ।

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ रु. तीन करोड र पर्वत बेनीतर्फ रु. दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...