आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

Gandaki Ghumau

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् ।

माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसायीहरुबाट खत्री परिवारका ६ जनालाई सिरक, दसना, म्याट्रेस, कपडा, सिरानी, तन्ना, जुत्ता लगायतका कपडा उपलब्ध गराइएको समितिका अध्यक्ष तुलसीनाथ सुबेदी (रामप्रसाद)ले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

अध्यक्ष सुबेदी, उपाध्यक्ष दामोदर शर्मा, सचिब राजुप्रसाद सुबेदी, कोषाध्यक्ष डिपी शर्मा, सदस्य प्रकाश सापकोटा, रमेश चापागाई, बिष्णुप्रसाद सुबेदी र दण्डपाणी शर्माको उपस्थितिमा बेनपा–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाको रोहबरमा रामचन्द्रकी बुहारीलाई नगद र सामग्री हस्तान्तरण गरिएको थियो ।

“आपत बिपत्मा परेका म्याग्देलीहरुलाई सहयोग गर्ने संस्थाको यसअघिको कार्यक्रमलाई नयाँ समितिले पनि निरन्तरता दिने क्रममा आगोलागी पिडितलाई सहयोग गरेका हौ,” सुबेदीले भन्नुभयो “यसअघि पहिरो पिडित, ज्ञानोदय माबिका दृष्टिबिहिन बिद्यार्थीलाई स्वास्थ्य सामग्री, झोला र जुत्ता, बगुवा खोलाका बौद्धिक अपाङ्ग बिद्यार्थीलाई कपडा सहयोग, बेनी नगरपालिकाका अशक्त बालबालिकालाई न्यानो कपडा बितरण, स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र धार्मिक, पर्यटकीय स्थलको सरसफाई गरिसकेका छौ ।” आगामी दिनमा पनि भबितब्य र विपद् प्रभाबितहरुको पिडामा मल्हम लगाउन संस्थाले सघाउने अध्यक्ष सुबेदीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...