सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

Gandaki Kotihome

धु्रबसागर शर्मा
बेनी,
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।
२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

बगरफाँट स्थायी घर भै हाल काठमाण्डौंमा बसोबास गर्दै आउनुभएका अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की,म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा,स्थानीय बुद्धिजीविहरु क्या.मीनबहादुर कार्की,चन्द्रबहादुर घिमिरे,रामबहादुर कार्की,गोपाल घिमिरे, स्थानीय युवा पदम घिमिरे,लगाएतको पहलमा अहिले विद्यालयको स्तरोन्नति र संस्थागत विद्यालयको जस्तै अंग्रेजी माध्यमद्धारा पठन पाठनको तयारी भैरहेको विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुन मगरले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि अहिले देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरु, शुभ चिन्तक तथा विद्यालयका शिक्षक,कर्मचारी,अभिभावक र स्थानीयवासीहरुबाट चन्दा संकलन अभियान शुरु गरिएको अभियानका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

स्थानीय युवा तथा विद्यालयका पूर्व विद्यार्थी पदम घिमिरेले विद्यालयको सर्वाङ्गीण विकासका लागि समुदायको साथ र सहयोग आवश्यक पर्ने भएकाले देश विदेशमा रहेका बगरफाँटवासीहरुले आफ्नो गाउँको विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान संचालन गरिएको बताउनुभयो ।

विद्यालयको स्तरोन्नति र विकासका लागि हाल अमेरिकामा रहनुभएका सन्देश कार्कीले आफ्ना स्वर्गिय बुबा कृष्णबहादुर कार्कीको स्मृतिमा रु १ लाख र कुमार कार्की पोर्चुगलबाट ५० हजार,स्थानीयवासी तथा समाजसेवी क्या. मीनबहादुर कार्कीले रु ५५ हजार ५ सय ५५,कृष्णबहादुर थापाले रु ५१ हजार १ सय ११,चित्रबहादुर रिजालले रु ५१ ह्जार १ सय ५,चन्द्रबहादुर घिमिरेले रु ५१ हजार १ सय,विद्यालयका प्रधानाध्यापक छेमबहादुर पुनले रु ४० हजार १ सय ५ सहयोग प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।

त्यसैगरी विद्यालयका निर्वतमान प्रधानाध्यापक प्रेमबहादुर कार्कीले रु ५० हजार ५ सय ५, शिक्षिकाहरु सुनिता सापकोटा निउरेले रु २५ हजार, इन्दु केसीले रु २५ हजार,देबीकुमारी सुवेदीले रु १५ हजार,उमा पाइजाले रु ५ हजार ५ सय,जसोदा भण्डारीले रु ५ हजार ५ घनदेवी घर्ती पुनले रु १५ हजार, अभिभावक खिमबहादुर सापकोटाले ५ हजार १ सय,बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार,स्थानीय हातेमालो वचत तथा क्रृण सहकारी संस्थाले रु ३० हजार ७ सय ७७, र पूर्व विद्यार्थी बुद्धबहादुर सापकोटाले रु ११ हजार १ सय ११ सहयोग गर्नुभएको जनाइएको छ । सहयोग अभियान जारी रहेको र संकलित रकमबाट विद्यालयको स्तरोन्नति गरी गाउँमा नै स्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य रहेको बताइएको छ ।

संकलित रकमबाट विद्यालयको भौतिक विकाससंगै वालमैत्री किन्डरगार्डेन सञ्चालन गनर्,े अंग्रेजी माध्यममा पठन पाठन गराउने, माध्यमिक तह सम्म कक्षा सञ्चालन गर्ने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठन पाठन गराउने, शैक्षिक कार्यमूलक अनुसन्धान सञ्चालन गर्ने, व्यवहारिक पठन पाठनसम्बन्धी विविध कार्य सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई तालिम प्रदान गराउने, सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरी पठन पाठन गराउने उद्धेश्य रहेको अभियन्ता पदम घिमिरेले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...