हिमपातमा ज्यान गुमाएका गुर्जाका छन्त्यालको आफन्तलाई राहत

Gandaki Pardesh notice

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ ।

छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले मंगलबार बेनीमा राहत वापतको रु. दुई लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष झकबहादुर छन्त्याल, प्रशासनका नायब सुब्बा शिब शर्माको रोहबरमा रकम हस्तान्तरण गरिएको थियो ।

Shreekrishna hardwear in news

गत पुष १५ गते गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय छन्त्याल हिउँमा पुरिएर बेपत्ता हुनुभएको थियो । पुष २२ गते छन्त्यालको शव भेटिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...