बेनी । प्रयास परियोजनाले म्याग्दीका एक सय जना अशक्त र बिपन्न महिलाको आयआर्जन सुधारका लागि आर्थिक सहयोग बितरण शुरु गरेको छ ।
स्थानीय तहसँगको सहकार्यमा अशक्त र बिपन्न महिलालाई आयआर्जनमुलक ब्यवसाय सञ्चालनका लागि बिउपुँजी वापत रु. १३ हजार २०० का दरले अनुदान बितरण गर्न लागेको हो ।
बेनी नगरपालिका–१ अर्जमकी सोबिता परियार र वडा नम्बर २ ज्यामरुककोटकी पार्वति बिश्वकर्मालाई आइतबार अनुदान रकम हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंकको समन्वयमा अनुदान बितरण गरिएको हो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा २ का वडा अध्यक्ष हिराबहादुर थापा, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल, राष्ट्रिय बाणिज्य बैंकको बेनी शाखा प्रबन्धक नबराज ढुङ्गाना, प्रयास परियोजनाका कार्यक्रम संयोजक श्रीमान चोखालले अनुदान बितरण गर्नुभएको थियो ।
म्याग्दी जिल्लाका एक सय जनालाई रु. तेह् हजार २०० का दरले अनुदान बितरण गरिने परियोजनाले जनाएको छ ।
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)