तीन जना बेसाहराको उद्दार

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो ।

केन्द्रकी प्रमुख रञ्जना श्रेष्ठले नुवाकोटका ४० बर्षीया माया किसान, ३४ बर्षीय सानो कान्छा किसान र जलजला गाउँपालिका–३ का ६१ बर्षीय रत्न नेपालीलाई उद्दार गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी नगरपालिका, सामाजिक बिकास कार्यालयसँग समन्वय गरेर मानव सेवा आश्रममा लगेर खानेबस्ने ब्यवस्था मिलाइएको श्रेष्ठले बताउनुभयो । भूकम्प पछि कामको खोजीमा म्याग्दी आएका माया र सानो कान्छा कोरोनाका कारण रोजगारी गुमेपछि समस्यामा परेका थिए ।

बजारमा भाडामा बस्ने पैसा नभएपछि खुल्ला मञ्चमा गएर बसेको उहाँहरुले बताउनुभयो । भाडा तिर्न नसकेपछि घरधनीले निकालेका थिए । जलजलाका नेपाली परिवारका सदस्यहरुले हेला गरेपछि सडकमा आउनुपरेको बताउनुभयो । उनिहरुको दयनीय अवस्था देखेपछि बेनपा–९ का केशव चोखालले सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...