मंगलाको अस्पताल भवन निर्माण शुरु

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ ।

संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार मंगलाको केन्द्र बाबियाचौर सँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मंगला गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले दश शैया क्षमताको अस्पतालका लागि एक हजार एक सय २४ दशमलब ६४ बर्गमिटर क्षेत्रफलमा दुई वटा भवन निर्माण शुरु भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “आगामी २०८० असार ९ गतेभित्र दुई वटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

Bhautik ministry notice about road

साढे दुई र साढे तीन तलाको एक÷एक वटा भवन बनाउन लागिएको हो । भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन काठमाडौले बि.स. २०७८ असार ९ गते रु. नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको थियो । कुल रु. १२ करोड ९६ लाख ८३ हजार ६६३ लागत अनुमान गरिएको भवन ठेक्का प्रतिस्पर्धामा कम कबोलेको ओमबुद्धले पाएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । दुई वटा भवनमा ३५ वटा कोठा हुनेछन् ।

ठेकेदारले जग्गा ब्यवस्थापन सकेर फाउण्डेशन खन्न थालेको छ । निर्धारित समय भित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण ब्यवसायीले बताएका छन् । बि.स. २०७७ पुष १५ गते अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलन्यास गर्नुभएको थियो ।

अस्पताल बनाउन अर्मन स्वास्थ्य चौकी परिसरमा तीन बर्षअघि आठ रोपनी जग्गा ब्यवस्थापन गरेको थियो । मंगलाको साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण शुरु गरेका छन् ।

धवलागिरी गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबामा अस्पताल भवन निर्माण शुरु गरेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई रु. ७०÷७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई रु. ८५÷८५ लाख रुपैयाँ बजेट पठाएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...