म्याग्दी जेसिजमा पदभार ग्रहण

Gandaki Ghumau

बेनी। म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार  ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को अध्यक्षमा निर्वाचित सन्दिप खत्रीलाई जेसिज माला लगाउदै पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।  

Gunasthariya Shiksya


खत्रीको नेतृत्वमा रहेको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा हरि भण्डारी, कार्यकारिणी उपाध्यक्षमा दिनेश बानियाँ, कुमार बानियाँ, महासचिवमा बिस्मा श्रेष्ठ, कानुनी सल्लाकारमा सुजन बरुवाल, उपाध्यक्षमा नवीन खत्री, सज्ज्जन श्रेष्ठ, अनिल पौडेल र बिनोद घर्ति रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुमन बानियाँ, शाखा सम्पादकमा दिनेश कुमार बिस्वकर्मा, सहसचिबमा सुनिता श्रेष्ठ, सह–कोषाध्यक्षमा सुपृया केसी, थिम डाइरेक्टरमा लोकनाथ भट्टराई, तालिम संयोजक कृष्णाप्रसाद पौडेल रहेका छन् ।

जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, नेपाल जेसीज २०२२ राष्ट्रिय उपाध्यक्ष रस्मी वस्नेत, संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले म्याग्दी जेसिजले आयोजना गरेको विभिन्न कार्यक्रममा सहयोग पु¥याउने जेसिज सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...