क्यान्सर पीडित बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनको सहयोग

Gandaki Pardesh notice

बेनी , बेनी नगरपालीका–२,बगरफाँट निबासी बिनिता शर्माको उपचारमा गंगा जिसी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । बिगत ८ महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको अवस्थामा उपचार लम्बिएपछि आर्थिक अभाव भएको समाचारसंचारमाध्यममा प्रकाशित भएपछि फाउण्डेशनले नगद १० हजार सहयोग गरेको हो ।

Bhautik ministry notice about road

फाउण्डेशनका अध्यक्ष नारायण जिी र सदस्य सचिब बिमल रिजालले तत्काललाई १० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो । यूकेमा रहेका फाउण्डेशनका सहसंस्थापक किसान जिसीले समेत थप सहयोगका लागि पहल गर्ने अध्यक्ष जिसीले प्रतिबद्धता जनाउनुभएको छ । आफ्नी स्वर्गीय बहिनी गंगाको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको संस्थामार्फत सामाजिक एवं मानवीय सेवाको क्षेत्रमा सक्रिय रहेको छ ।

यसअघि उपचारको क्रममा ज्यान गुमाएकी गंगा जिसीको स्मृतिमा फाउण्डेशनका अध्यक्ष जिसी र उनका भाई किसान जिसीले जामुनाखर्क माध्यमिक विद्यालयमा एकलाख रुपैयाँ बराबरको अक्षयकोष तथा प्राकृतिक विपत्ति एवं उपचारमा आर्थिक अभाव भएकालाई समेत लाखौं रुपैयाँ सहयोग गरिएको छ । हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेशन सहित औषधी र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटबासी सहितको अभियानमा संकलन भएको रकम सहित १६ लाख खर्च भएपछि परिवारले उपचारमा सहयोगको अपिल गरेको थियो । मुख्य अप्रेशन गर्न र थेरापी लगायतका उपचार बाँकी रहेकाले अझै १० देखि १२ लाख रुपैयासम्म लाग्ने भएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । खातावालाको नाम ः धुब्रप्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंक खाता नं ३३४०१००००५२२८०१० मा सिधै जम्मा गर्न सक्नुहुने छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...