लायन्स क्लबको भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा म्याग्दीका केसीको दाबी

Gandaki Pardesh notice

बेनी । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले दाबी प्रस्तुत गर्नुभएको छ ।

म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्ताबमा सन २००७ देखि लायन्स अभियानमा सक्रीय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसीले क्लबको सन २०२२÷२३ का लागि कार्यसमिति चयन गर्न माघ २९ गते पोखरामा हुने सम्मेलनमा भ्वाइस गर्भनरमा उमेद्वार बन्न लाग्नुभएको हो ।

बेनीमा शुक्रबार आयोजित कार्यक्रममा केसीले लायन्स क्बव मार्फत सामाजिक सेवाका गतिबिधिलाई अघी बढाउन रामबहादुर बस्यालको नेतृत्वको प्यानलमा उमेद्बार बन्न लागेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लायन्स क्लबको पढाउ अभियानको नेतृत्व गर्नुभएका केसीले तीन बर्षअघि म्याग्दीकी एक बालिकालाई कलेजो दान गर्नुभएको थियो । लायन नारायण श्रेष्ठको अध्यक्षता र बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा लायन्स अभियान्त सन्तोष रावलले म्याग्दीले यसपाली क्लबको पदाधीकारीमा दाबी सहित उमेद्वारी दर्ता गराउन लागेको बताउनुभयो ।

लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको बिपद्को समयमा पनि जिन्सी तथा खाद्यान्न राहत सामग्री उपलब्ध गराएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...