जलजलाको एघारौ गाउँसभामा पाँच बर्षका प्रगति बिबरण सार्वजनिक

Gandaki Ghumau

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको एघारौ गाउँसभा शुक्रबार लामाखेतमा सम्पन्न भएको छ ।

सभाले चालु आर्थिक बर्षको छ महिनाको आम्दानी खर्च बिबरण र साउन महिना यता कार्यपालिका बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बिद्यालय कर्मचारी र सहयोगीको तलब बढाउने ब्यवस्था भएको शिक्षा ऐन लगायतका बिधेयकहरु पारित भएको गाउँपालिकाका सूचना अधिकारी लिलाधर सुबेदीले बताउनुभयो ।

सभामा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आर्थिक बर्ष २०७४÷७५ देखि २०७८÷७९ को छैठौ महिनासम्म गाउँपालिकाले गरेका महत्वपूर्ण उपलब्धीहरुको बिबरण प्रस्तुत गर्नुभएको थियो । स्थानीय सरकार सञ्चालन सम्बन्धी ४८ वटा कानुन बनाएको छ ।

Shreekrishna

१५० किलोमिटर सडक स्तरोन्नति, १९० किलोमिटर सडक नियमित आवधिक मर्मत, एक हजार ९५० मिटर सडक ढलान, २५० मिटर सडक पिच, ४६ किलोमिटर नयाँ सडक मार्ग निर्माण, दुई हजार ७०० मिटर पदमार्ग निर्माण र छ वटा ग्रामिण सडकको डिपिआर तयार पारिएको अध्यक्ष मल्लले बताउनुभयो ।

९१ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको र ५, ८ र ९ मा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको, ३२५ रोपनी क्षेत्रफल जमिनमा सिचाई सुबिधा बिस्तार भएको, सत प्रतिशत घरधुरीमा बिद्युत सुबिधा पुगेको अध्यक्ष मल्लले जानकारी गराउनुभयो ।

मल्लाजमा दश शैयाको अस्पताल, लामाखेतमा गाउँपालिकाको प्रशासनिक भवन, २ र ८ नम्बर वडाको कार्यालय निर्माणाधिन, दुई वटा स्वास्थ्य इकाई, १५ वटा बिद्यालय, ९ वटा खेलमैदान निर्माण र वारीबेनी खेलमैदानको ढलान तथा नाली निर्माण, ९ वटा वडा कार्यालय र ८ वटा सामुदायिक भवनको डिपिआर तयार पारेको छ ।

Gunasthariya Shiksya

कालञ्जर हस्माल क्षेत्रमा छ किलोमिटर सडक निर्माण, ८ वटा पाहुनाघर निर्माण, घर्तिचोक देखि फड्केढुंगा सम्म एक हजार ३०० मिटर घोरेटो बाटो निर्माणाधिन, एक वटा कोल्ड स्टोर निर्माण, कृषि बजार सञ्चालन, औद्योगिक ग्राम निर्माण, बृत्तचित्र र पर्यटन प्रोफाइल बनाएको छ ।

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन २, ४ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ५मा २ वटा, २ मा एक वटा, ८ मा एक वटा, ९ मा एक वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको उपाध्यक्ष सिमा पुनले बताउनुभयो । वारीबेनीको फोहोर ब्यवस्थापन शुरु गरेको छ । तरकारी, फलफुल, दूध, अण्डा, मासू उत्पादनका लागि जोड दिएर कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्रीले चालु आर्थिक बर्षको छ महिनाको अवधीमा पुजिगत तर्फ रु. १६ करोड १३ लाख पचास हजार रुपैयाँ बिनियोजन भएकोमा २५.९६ प्रतिशत अथवा रु. चार करोड १८ लाख ९९ हजार ३०२ खर्च भएको बताउनुभयो ।

चालु शिर्षकमा रु. २९ करोड दुई लाख बजेट बिनियोजन भएकोमा ४१.९५ प्रतिशत अथवा रु. १२ करोड १७ लाख ६७ हजार ६७० खर्च भएको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएका योजना कार्यान्वयनलाई तिब्रता दिने जनप्रतिनिधीहरुले बताएका छन् ।

कोरोनाको जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सभा सञ्चालन गरिएको थियो । सभामा भाग लिन आएका जनप्रतिनिधीहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाइएको स्वास्थ्य शाखा संयोजक राजु बोहोराले बताउनुभयो । उहाँका अनुसार एन्टिजेन परिक्षणको समेत ब्यवस्था मिलाइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...