म्याग्दीमा कोरोना बिरुद्धको बुस्टर डोज खोप लगाउन शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा बुधबारदेखि कोभिड–१९ विरुद्धको बुस्टर (अतिरिक्त) डोज खोप लगाउन शुुरु गरिएको छ ।

म्याग्दीका छ वटै स्थानीय तहका खोप केन्द्रहरुमा यसअघि कोभिशिल्डको दुबै डोज खोप लगाएकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउनका लागि अतिरिक्त डोज खोप लगाउन शुरु गरेको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज खोप दिन थालिएको जानकारी दिनुभयो ।

कोभिशिल्ड कम्पनीको नौ हजार ६१० बुस्टर डोज खोप लगाउन लागिएको उहाँले बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, एम्बुलेन्स चालक, सञ्चारकमीृ तथा पत्रकार, कर्मचारीहरुलाई बुस्टर डोज खोप लगाइने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार छ महिनाअघि कोभिशिल्ड कम्पनीको खोप लगाएकाहरुले यसपालीको बुस्टर डोजको सुबिधा पाउनेछन् । बुस्टर डोज खोप लगाउनका लागि यसअघि खोप लगाइसकिएको खोप कार्ड अनिवार्य गरिएको छ ।

Bhautik ministry notice about road

५८ हजार ३४३ जना म्याग्देलीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । जोनसन एन्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए ।

जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उहाँले बताउनुभयो । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् ।

जिल्लामा १८ वर्षमाथिका लक्षित जनसङ्ख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउने समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ११ हजार २७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा बुधबार ११९ जना कोरोनाका सक्रीय संक्रमित छन् । मंगलबारसम्म सक्रीय संक्रमितको संख्या ७९ जना थियो । बुधबार पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...