रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकको सेवा स्थगित

Gandaki Ghumau

बेनी । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीको रघुगंगा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।

गाउँपालिकाकाजनप्रतिनिधी र छ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरि गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा गरिने पठनपाठनलाई माघ १५ गतेसम्मलाई बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । यसअघि ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

रघुगंगामा बुधवार सम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ जना रहेका छन् गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै घर बाहिर निस्कँदा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न आह्वान गरेको छ ।

समुदाय स्तरमा तपाईको मास्क खोई ? अभियान सञ्चालन गरिने र घरबाहिरबाट घर जाँदा सावुन पानीले हात हुने र धुन लगाउने लगायतका अभियान चलाइने गाउँपालिकाले जनाएको छ ।

त्यसेगरि २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने गरि कुनैपनि भेला तथा मेलाहरु गर्न रोक लगाउने, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्डलाई अनिवार्य गर्ने र कोरोना विरुद्धको खोप लगाउनबाट छुटेका लक्षित समुहका नागरिकलाई खोपको व्यवस्था गरिएकाले खोपको सुनिश्चित गरिने जनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...