श्रेष्ठ “लोकप्रिय साहित्यकार”

Gandaki Ghumau

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ मंगलबार “लोकप्रिय साहित्यकार” को उपाधिबाट सम्मानित हुनुभएको छ ।

नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औं स्मृति दिवसमा श्रेष्ठलाई सम्मान गरिएको हो ।

रत्नेचौर बोगटी निवासमा आयोजित कार्यक्रममा बेनी नगरपालिका, वडा नं. ७, बेनीबजार निवासी साहित्यकार श्रेष्ठलाई “लोकप्रिय साहित्यकार“को उपाधि सहित सम्मानित गरिएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर रुपमा कलम चलाउँदै विभिन्न विधामा पुस्तक लेखन र प्रकाशन गरी अनुसन्धानात्मक र ऐतिहासिक खोजमूलक तथ्यहरूलाई सङ्कलन गरेर सम्प्रेषण समेत गर्न सफल साहित्यकार श्रेष्ठको योगदानलाई कदर गर्दै सम्मान गरिएको जनाइएको छ ।

२०७८ मंसिर १ गते नेपाली कांग्रेसको आठौं जिल्ला अधिवेशनको समुदघाटन कार्यक्रममा श्रेष्ठद्धारा लिखित “म्याग्दीका चम्किला तारा” जीवनी सङ्ग्रह विमोचन र लोकार्पण गरिएको थियो ।

उक्त पुस्तकमार्फत नेपाली कांग्रेस, म्याग्दीका संस्थापक सभापति स्व. ओमबहादुर बोगटी लगायत पार्टीको जिल्ला नेतृत्वमा रहेर योगदान पु–याउनु भएका ४५ जना दिवंगत व्यक्तित्वका लोकतान्त्रिक योगदानका साथै जनहितकारी सामाजिक कार्यहरूलाई उजागर गर्ने कोसिस गरिएको छ ।

श्रेष्ठको उक्त ऐतिहासिक कार्यका निम्ति अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उल्लिखित लोकप्रिय कार्यको कदरस्वरूप “लोकप्रिय साहित्यकार” को उपाधि सहित सम्मानित गरिएको वडा सभापति कमल थापा मगरले बताउनुभयो ।

काँगे्रसका महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले सम्मानित श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ नेपाली कांग्रेस म्याग्दीका पुर्व सह–सचिव हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...