गठबन्धनका उमेद्वार बेनीमा

Gandaki Ghumau

बेनी । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उमेद्वार बनेका नेताहरुले मंगलबार म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् ।

माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको तर्फबाट साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका सुरेश आले मगर र भुवन सुनारले म्याग्दीका मतदातासंग भेटघाट गर्नुभएको हो ।

Gunasthariya Shiksya

उम्मेद्वारत्रयले मतदाता समक्ष मुलुकलाई विकास निकास दिन गठबन्धनलाई भोट गर्न आग्रह गर्नुभएको थियो । “देशमा प्रतिगमनको खतरा अझै छ,” उहाँले भन्नुभयो “प्रतिगमनलाई न्यूनिकरण गर्न गठबन्धनबाट साझा उम्मेद्वार बनेर अघि बढेका छौ ।”

Shreekrishna

नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठको अध्यक्षतामा रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य ज्योती लामिछानेको स्वागत तथा नेकपा एकीकृत समाजबादी म्याग्दीको अध्यक्ष कृष्णकुमार विश्वकर्माको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका नेता गोविन्द्र पौडेल र नेकपा एकीकृत समाजबादी प्रदेशका नेताले मन्तव्य ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा म्याग्दीबाट निर्वाचित प्रदेश सभा सदस्य पालिकाका अध्यक्ष र उपाध्यक्षको उपस्थित रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...