प्रथम बाख्रा दिवस मनाइयो

Gandaki Ghumau

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार प्रथम राष्ट्रिय दिवस मनाइएको छ ।

नेपाल ब्यवसायिक बाख्रापालन महासंघको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको थियो । महासंघका उपाध्यक्ष धनबहादुर श्रीसको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Gunasthariya Shiksya

महासंघका केन्द्रिय सदस्य तारानाथ पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दिपुरका प्रमुख राजु कडेल, नेपाल लाइभस्टक इनोभेसन परियोजना पोखराका प्रमुख रमेशराज ज्ञवाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna

कार्यक्रमका सहभागी र बक्ताहरुले नेपाललाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन प्रर्वद्धन र कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...