प्रजिअ रानाले अपाङ्गलाई घरमै पुगेर नागरिकता दिए

Gandaki Pardesh notice

औल (हिस्तान) । म्याग्दीका एक अपाङ्गता भएका ब्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

जन्मजात अपाङ्ग अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका ४९ वर्षीय सुकलाल गर्बुजालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले घरमै पुगेर नेपाली नागरिकता उपलब्ध गराउनुभएको हो ।

हिडडुल गर्न, बोल्न, शौचालय जान, खाना खान नसक्ने अवस्थाका गर्बुजा सदरमुकाम बेनी आउन सक्ने अवस्था नरहेकाले सबै प्रक्रिया पुरा गरेर नागरिकता उपलब्ध गराउन घरमै पुगेको प्रजिअ रानाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“बि.स. २०२९ मा जन्मिएका गर्बुजा ओछ्यानमै पल्टिएको करिब पाँचदशक पुग्न लागेको रहेछ,” उहाँले भन्नुभयो “जनप्रतिनिधिको अनुरोधमा घरमै पुगेर नागरिकता उपलब्ध गरायौ ।” शारिरिक रुपमा अशक्त र पूर्ण अपाङ्गता गर्बुजा नागरिकता नभएका कारण सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुबिधाबाट बञ्चित हुनुभएको थियो ।

Bhautik ministry notice about road

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गर्बुजाको समस्याको बारेमा प्रशासनमा जानकारी गराउनुभएको थियो । उपाध्यक्ष मगर, वडा अध्यक्ष गमप्रसाद फगामी र वडा सदस्य टिका घतानेको रोहबरमा नागरिकता उपलब्ध गराइएको थियो ।

‘क’ बर्गको अपाङ्गता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा बन्चित भएको अवस्थामा घरमै आएर नागरिकता दिदाँ सपना जस्तै लागेको सुकलालका बुबा जगबहादुर पुनले बताउनुभयो ।

बिगत तीन बर्ष अघिसम्म जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुसँग समन्वय गरेर घुम्ति शिबिर सञ्चालन गरेर दुर्गम क्षेत्रका अशक्त अपाङ्गता भएकाहरुलाई गाउँमै सेवा दिने ब्यवस्था मिलाएको थियो । कोरोना भाइरसको महामारी फैलिएपछि घुम्ति शिबिर सञ्चालन हुन सकेको छैन् ।

घुम्ति शिबिर सञ्चालन गर्न नसकिएपनि समस्यामा परेका नागरिकहरुलाई स्थानीय तह र जनप्रतिनिधीहरुसँग समन्वय तथा प्रक्रिया पुरा गरेर घरदैलोमै पुगेर नागरिकता उपलब्ध गराउने योजना रहेको प्रजिअ रानाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...