बैसरी देखि रिसिन चौतारी जोड्ने सडक निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बैसरी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी देखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ ।

बेनी–जोमसोम सडकको बैसरी देखि रिसिनचौतारी जोड्ने छोटो दुरिको सडक निर्माण भएपछि यात्राअबधी छोटिएको हो । स्थानीयबासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी बीस मिनेटमा छोटिएको बताउनुभयो ।

“गाडी चढेर रिसिन चौतारी देखि रानीपौवा–पिप्ले हुदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पुरै एक घण्टा लाग्ने गरेको थियो,” उहाँले भन्नुभयो “रिसिन चौतारी देखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुन्छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पैदल हिडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टानै लाग्दथ्यो । रघुगंगा गाउँपालिका र संघीय सरकारको निर्बाचन क्षेत्र पुर्बाधार बिकास साझेदारी कार्यक्रमको रु. २५ लाख बजेटबाट गत आर्थिक बर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतीपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन् ।

उपभोक्ता समितिका सचिब राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्ने सहित दुई किलोमिटर सडक निर्माण भएको बताउनुभयो । रिसिनचौतारी, माझखर्क, ओखरबोट लगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएका उहाँले बताउनुभयो ।
काम बिशेषले सदरमुकाम बेनी र गलेश्वर जान आउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य बस्तु ढुवानीमा सहज भएको छ । रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो । बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ ।

यो सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिचाई, खानेपानी लगायत बिकास आयोजनाका लागि भगवतिमा निर्माण सामग्री ढुवानी गर्न समेत सुबिधा पुगेको छ । रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दुरिको यो सडकले रिसिनचौतारीसँगै भगवतिका बासिन्दाको आयआर्जन र समग्र बिकासमा फाइदा पुगेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...