म्याग्दी मोवाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ गठन

Gandaki Pardesh notice

बेनी । म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ स्थापना भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको संघमा आवद्ध ब्यवसायीहरुको प्रारम्भिक भेलाबाट हेमन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ ।

संघको उपाध्यक्षमा केशवराज आचार्य (अर्जुन), सचिबमा बिनोद सुबेदी र कोषाध्यक्षमा रामकृष्ण सुबेदी चयन हुनुभएको छ । सदस्यहरुमा सुयोग श्रेष्ठ, नगेन्द्र बस्नेत, टुङ्गनाथ कडेल, सिता भण्डारी शर्मा, भिमबहादुर किसान, भगवति पौडेल, श्रीप्रसाद आचार्य, नन्दकली सापकोटा र ओसिन श्रेष्ठ रहनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मोबाइल ब्यवसायीहरुलाई एकताबद्ध गरी पेशागत हकहित र आइपर्ने समस्या समाधानका लागि संस्थागत रुपमा पैरबी गर्ने उद्देश्यले संघ गठन गरिएको कोषाध्यक्ष सुबेदीले बताउनुभयो । म्याग्दीमा करिब ८० जना मोबाइल ब्यवसायीहरु रहेका संघले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...