कपडा तथा फेन्सी ब्यवसायी समितिको नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट तुलसीनाथ सुबेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

बेनीमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा, सचिबमा राजु प्रसाद सुवेदी, कोषाध्यक्षमा देबीप्रसाद शर्मा र सहसचिबमा ईन्द्र प्रसाद सुवेदी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश चापागाईं, बिष्णु प्रसाद सुवेदी, रामबहादुर खत्री, दिनेश शर्मा र दण्डपाणी शर्मा चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गदैं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पेशागत हकहितका लागि स्थापित संघसंस्थालाई संरक्षण तथा सहयोगमा सधै तयार रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले कोरोनाको महामारीले निजी क्षेत्रलाई निकै असर गरेको बताउँदै म्याग्दी उवासंघले सहुलियतका सुविधा सहित विभिन्न क्षेत्रमा आवश्यक ध्यानार्कषणा समेत गराएको बताउनुभयो । समितिमा आवद्ध कपडा तथा फेन्सी ब्यवसायीले आफ्नो कारोबारसँगै म्याग्दी जिल्लामा प्राकृतिक विपत्तीमा परेकालाई ४ लाखभन्दा बढीको सहयोगसँगै न्यानो कपडाबाट बञ्चित व्यक्तिहरुलाई न्यानो कपडा वितरण तथा सरसफलाई लगायतका सचेतनामुलका अभियानमा समेत सहयोग गर्ने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...