प्रेस चौतारी म्याग्दीमा बानिया, खड्का र बास्कुने पुरस्कृत

Gandaki Ghumau

बेनी । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानिया चयन हुनुभएको छ ।

बेनीमा बुधबार भएको प्रेस चौतारीको पाँचौ जिल्ला अधिबेशनबाट बानियाको अध्यक्षतामा पछि एक सदस्य थप गर्नेगरी १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धनबहादुर रोका (समिर) र देबी सुबेदी जिसी, सचिबमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन हुनुभएको छ ।

Shreekrishna

अधिबेशनको अवसरमा अग्रज पत्रकार घनश्याम खड्का र प्रेस चौतारीका पुर्ब जिल्ला अध्यक्ष अमृतप्रसाद पौडेल (बास्कुने)लाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

Gunasthariya Shiksya

दुबै जनालाई रु. पाँच हजार ५५५ नगदको साथमा प्रंशसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको उपाध्यक्ष रोकाले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष खड्का कान्तिपुर दैनिकमा आवद्ध हुनुहुन्छ । बास्कुने रुप्से दैनिकमा कार्यरत हुनुहुन्छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज भूपेन्द्रबहादुर थापा, एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, प्रेस चौतारीका सचिब रामकृष्ण शर्मा, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्रबहादुर केसी, उपाध्यक्ष बालकृष्ण सुबेदी, पुर्ब अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिब सुरत केसी लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

अधिबेशनमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस युनियनका सभापति राकेश शर्मा, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री लगायतले पत्रकारिताको गुणात्मक बिकासमा जोड दिनुभयो ।

नयाँ पत्रकार उत्पादन, उनिहरुलाई सञ्चार माध्यममा जोडेर रोजगारी सिर्जना, लेखन सिपको बिकास र पत्रकारितामा बिबिधिकरणको आवश्यकता औल्याउनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...