प्रभा माबीमा स्टेज बनाउदै पुर्ब बिद्यार्थी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माबिमा पुर्ब बिद्यार्थीहरुले स्टेज निर्माण शुरु गरेका छन् ।

प्रभा माबीमा अध्ययन गरेर स्वदेश तथा बिदेशमा रहेका पुर्ब बिद्यार्थीहरुले बिद्यालयमा कार्यक्रम, खेलकुद गतिबिधी सञ्चालनका लागि आवश्यक पर्ने स्टेज बनाउन लागेका हुन् ।

Bhautik ministry notice about road

पुर्ब बिद्यार्थी श्याम पुर्जाले करिब रु. नौ लाखको लागतमा स्टेज बनाउन लागिएको बताउनुभयो । स्टेज निर्माणका लागि आवश्यक सहयोग गर्न पुर्ब बिद्यार्थीहरुलाई अपिल गरिएको पुर्जाले बताउनुभयो ।

Shreekrishna hardwear in news

गाउँमै भएका पुर्ब बिद्यार्थीहरुले स्टेज बनाउन श्रमदान गरेका छन् । तुलबहादुर गर्बुजा अध्यक्ष, नबिन पुन सचिब, देउकुमारी तिलिजा कोषाध्यक्ष रहेको समिति बनाएका छन् । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आर्थिक संकलनका लागि अपिल गरेका छन् । प्रभा माबिले पछिल्लो समय भौतिक र शैक्षिक रुपमा फड्को मार्न थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...