बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा र बेनी पाखापानी सडकको र्थुङ्गे–घतान खण्ड दश दिन पुर्ण रुपमा बन्द हुने

Gandaki Pardesh notice

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक मार्ग बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा बन्द हुने भएको छ ।

बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि यही पुष २५ गतेदेखि माघ ९ गतेसम्म दैनिक पौने ९ घण्टा सवारी सञ्चालन बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा बसेको सुरक्षा अधिकारी, यातायात, निर्माण ब्यवसायी र पुर्बाधार बिकास कार्यालयका प्रमुखको बैठकले बिहान ५ बजेदेखि ९ः३० बजेसम्म र साँझ ४ः१५ देखि ८ बजेसम्म सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका १ र २ का कृषक र स्थानीयबासीहरुले भने तरकारी, फलफुल, दूध र अण्डा बजार बिक्री गर्न आउने बिहानको समयमा सडक बन्दा गरिदा समस्या पर्ने भएकाले समयतालिका संसोधन गर्न माग गरेका छन् ।

यसैगरी बेनी–पाखापानी सडकको अर्थुङ्गे–घतान खण्डमा ढलान गर्नका लागि पुष २५ देखि माघ ४ गतेसम्म सवारी सञ्चालनमा पुर्ण रुपमा रोक लगाइएकाले बैकल्पिक सडक प्रयोगका लागि सर्बसाधारणलाई अनुरोध गरिएको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

“हाँडेभिरको साँघुरो ठाउँमा एक्साभेटर प्रयोग गरेर पहाड फुटाउदा सवारी साधन आवत जावत गर्दा दुर्घटनाको जोखिम र काम प्रभावित हुने भएकाले निर्माण ब्यवसायीले समय तालिका बनाउन प्रस्ताब गरेका थिए,” उहाँले भन्नुभयो “बेनी–पाखापानी सडकको अर्थुङ्गे–नेप्टेचौर खण्डमा पनि ढलानका लागि सवारी बन्द गर्नुपरेको हो ।”

हाँडेभिरमा करिब दुई सय मिटर दुरीमा पहाड काटेर सडकलाई १० मिटर पराकिलो पार्न लागिएको हो । पुर्बाधार बिकास कार्यालय म्याग्दीले बागलुङ–रत्नेचौर–बेनी सडक आयोजना अन्तरगत खबरा देखि हाडेभिरको मोटरेबल पुल जोड्ने सडक कालोपत्रे गर्न २०७७ साउनमा बिरुवा–सिमरन जेभीसँग कर सहित रु. पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो ।

२०७८ असार ३० गतेभित्र काम सकिनुपर्ने यो ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थपिएको छ । सडक बिस्तार गर्ने, पर्खाल लगाउने, नाली लगायतका संरचना निर्माणका काम भैरहेको छ । निर्धारित समयभित्रै आयोजनाको काम सक्ने तयारी सहित मजदुर र उपकरण परिचालन गरेको निर्माण ब्यवसायी प्रदिप सापकोटाले बताउनुभयो ।

एक किलोमिटर २०० मिटर सडक आठ मिटर चौडाईमा कालोपत्रे हुन लागेको हो । यसअघि ११ मिटर चौडा गराउने भनिएको सडक पहिरोको जोखिमका कारण चौडाई घटाइएको हो । बागलुङ देखि रत्नेचौर हुदै खबरा सम्मको सडक कालोपत्रे भइसकेको छ ।

रत्नेचौर देखि खबरा सम्मको सडक कालोपत्रे नसकिदै लकडाउन भएर बि.स. २०७६ चैत महिनादेखि रोकिएको थियो । बर्खामा पहिरोले धेरै ठाउँमा क्षति पु¥याएको छ । देब एण्ड सायर–बिएन जेभीले ठेक्का लिएको रत्नेचौर–खबरा खण्डको सडक निर्माण नसकिदै जिर्ण बनेको छ । जिर्ण सडकमा दुर्घटनाको जोखिम छ ।

म्याग्दी र बागलुङ जिल्लालाई जोड्ने यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको बैकल्पिक मार्ग हो । मालढुङ्गा–बेनी सडक पनि स्तरोन्नतिका लागि पुष १५ गतेदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ । बि.स. २०५२ मा बागलुङ–बेनी सडकको मार्ग खुलेको थियो । मार्ग खुलेको २५ वर्षपछि सडक स्तरोन्तिले पुर्णता पाउन लागेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...