बालबिवाह बिरुद्धको अभियानमा आमा र किशोरीहरु

Gandaki Kotihome

मुना, २१ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाकी २० बर्षीया सरु रसाईली आमा बनेको तीन बर्ष भयो । १६ बर्षको उमेरमा भागी बिवाह गरेकी मालिका–१ निस्कोट माइति भएकी सरु १७ बर्षमै आमा बन्नुभएको हो ।

१५ बर्षकै उमेरमा बिवाह गरेकी मुनाकै २५ वर्षीय यामकुमारी पुन दुई सन्तानकी आमा बनिसक्नु भएको छ । “९ कक्षा पढ्दा, पढ्दै बिवाह भयो,” पुनले भन्नुभयो “बिहेपछि पढाईलाई निरन्तरता दिन सकिन् ।”

१९ बर्षको हुँदा बिवाह गरेकी पुर्णकला पुनले माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेपनि त्यस भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न बिवाह गरेकै कारण बञ्चित हुनुपरेको बताउनुहुन्छ । दुई सन्तानको आमा बनिसक्नु भएकी पुनले उमेर नपुग्दै गर्भवति र सुत्केरी हुँदा समस्या भोग्नु परेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

सरु, यामकुमारी र पुर्णकलालाई बालबिवाह गरेकोमा पछुतो लागेको छ । शारिरिक र मानसिक रुपमा परिपक्क नहुँदै बिवाह गरेका कारण श्रीमान श्रिमतिले एक अर्कालाई बुझ्ने बिषयमा एकरुपता नहुदाँ झगडा हुने गरेको उहाँहरुको अनुभव छ ।

आफूहरुले भोगेको पिडा अरुलाई नपरोस भनेर दश बर्षअघि बालबिवाह गरेकाहरु अहिले संगठित भएर बालबिवाह बिरुद्धको अभियानमा जुटेका छन् । “कानुनी हिसाबले अपराध मानिने बालबिवाह गर्दा आर्थिक, शैक्षिक, शारिरिक र सामाजिक रुपमा धेरै क्षति ब्यहोर्नु परेको छ,” सरुले भन्नुभयो “हामीलाई जस्तो समस्या नपरोस भनेर बेलैमा सचेत बनाउन लागिएको हो ।”

Annapurna aarohan ko notice

आयआर्जन समूहमा आवद्ध भएर मासिक रुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर ब्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालबिवाहको जोखिममा रहेका किशोर किशोरीहरुलाई परामर्श दिने र बालबिवाह हुन नदिने वातावरण बनाउन पहल गरेका छन् ।

बालबिवाह हुन लागेको सूचना पाएमा सम्झाई बुझाई गर्ने उनिहरुले नमान्नेलाई काकुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधी र पालिकामा खबर गर्छन् । धवलागिरी गाउँपालिकाको २, ३, ४ र ७ नम्बर वडामा गल्र्स फस्ट फण्ड परियोजना अन्तरगत संगम म्याग्दी मार्फत सन २०१९ देखि बालबिवाह न्युनीकरण कार्यक्रम सञ्चालन भएको छ ।

१४ वटा आयआर्जन समूह, ८ वटा बालबिवाह प्रतिकार समूह र ११ वटा बिद्यालयमा किरोशी समूह बनाइएको संगम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो । कार्यक्रम लागू भएका वडाहरुमा १० बर्ष अघि २० बर्षभन्दा कम उमेरमा बिवाह गर्ने किशोरीहरुको संख्या ४६३ जना थियो ।

आयआर्जन समूहलाई घुम्तिकोष परिचालनका लागि रु. ४८ देखि रु. ५० हजार अनुदान उपलब्ध गराइएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । सामुहिक जमानिको आधारमा सहुलियत ब्याजदरमा बिना धितो घुम्ती कोषबाट ऋण लिएर उनिहरुले बाख्रा, कुखुरापालन, सिलाई ब्यवसाय गरेका छन् ।

बालबिवाह न्युनीकरणका लागि धवलागिरी गाउँपालिकाले उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम मार्फत बिद्यालय र समुदाय स्तरमा बालबिवाह बिरुद्ध सन्देशुमलक कार्यक्रम गरिएको छ । बालबिवाह न्युनीकरण कार्यक्रम अन्तरगत सन्देशमुलक नाटक ‘काइली आमा’को प्रर्दशन गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...